Market Closed

सित्तैमा वितरण गर्ने प्रवृत्ति र उच्च ऋणका कारण भारतका ५ राज्य वित्तीय रुपमा तनावग्रस्त

22 Jun,2022
  • 3_6_22_2022_6_35_02.jpg
नेपाली पैसा
 
काठमाडौं : भारतका ५ राज्यहरु आर्थिक तथा वित्तीयरुपमा तनावग्रस्त देखिएका छन् । भारतका बिहार, केरला, पञ्जाब, राजस्थान र पश्चिम बंगाल राज्यहरुमा आर्थिक रुपमा तनावग्रस्त देखिएको इकोनोमिक टाइम्सले रिपोर्ट गरेको छ । हालैको श्रीलंका संकटपछि भारतीय रिजर्भ बैंक (आरबीआई) ले भारतका राज्यहरुको वित्तीय स्थितका बारेमा विस्तृत अध्ययन गरेको थियो । आरबीआईले आफ्नो अध्ययनमा कोभिड महामारीपछि राज्यहरुको वित्तीय अवस्था निकै खस्किएको निष्कर्ष निकालेको छ ।
 
राज्यहरुको नगद अनुदान हस्तान्तरण गर्ने, निःशुल्क सेवा प्रदान गर्ने, पुराना पेन्सन योजनाहरुलाई पुनरुत्थान गर्नेलगायतका वितरणमुखी प्रवृत्तिका कारण राज्यहरुको आर्थिक तथा वित्तीय अवस्था खस्किएको आरबीआईले जनाएको छ । अधिक तनावग्रस्त देखिएका ५ राज्यहरुमा उच्च ऋण र सित्तैमा वितरण गर्ने प्रवृत्ति पनि झन् बढी रहेको अध्ययनमा देखिएको छ । 
 
आरबीआईका अनुसार बिहार, केरला, पञ्जाब, राजस्थान, पश्चिम बंगाल, आन्ध्र प्रदेश, झारखण्ड, मध्य प्रदेश र उत्तर प्रदेश राज्यहरुमा ऋणको भार सबैभन्दा उच्च रहेको छ । पञ्जाब राज्यको कुल गार्हस्थ उत्पादन र ऋणको अनुपात ४५% पुगिसकेको छ । अधिकांश राज्यहरुमा पुँजीगत खर्च कम हुने गरेको छ । यी राज्यहरुले राजश्व आम्दानीको आधिकांश हिस्सा निःशुल्क सेवा तथा विभिन्न अनुदानहरुमा खर्च गर्ने गरेको देखिएको छ । 
 
विशेषगरी, वित्तीयरुपमा अधिक तनावग्रस्त राज्यहरुले विद्युत, पानी, सार्वजनिक यातायात, कर्जा छुट लगायत निःशुल्क गर्दै आएका छन् । राज्यहरुको वित्तीय अवस्थाले संकटको संकेत गरिरहेको र कोर्स करेक्सनतर्फ जानुपर्ने आरबीआईले जनाएको छ । 

Post Your Comment