Market Closed

डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

23 Jun,2022
  • DollarLoanArthasansar_20210422144937_6_12_2022_2_25_35.jpg
नेपाली पैसा 

काठमाडौं : अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ (बिक्रीदर) १२५ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२५ रुपैयाँ १२ पैसा कायम भएको छ । यसअघि असार ३ गते १ डलरको भाउ (बिक्रीदर) १२५ रुपैयाँ २२ पैसा र खरिददर १२४ रुपैयाँ ६२ पैसा पुगेर हालसम्मकै उच्च विन्दुमा पुगको थियो । 

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत  पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।
 

Post Your Comment