Market Closed

सानिमा बैंकको १०.२५% ब्याज पाइने ऋणपत्र कहिलेबाट खुला हुँदैछ ?

23 Jun,2022
  • debenu=ture_1_20_2020_10_52_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा बैंकले शुक्रबार असार १० गतेबाट ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दैछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । 
 
यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाई नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । सानिमाले १० वर्ष अवधिको ‘१०.२५% सानिमा डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । अर्थात् यसमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्नेछ । यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ । 
 
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

Post Your Comment