Market Closed

आमरण अनसन तोडेपछि मात्रै बोर्डले समस्या समाधान समिति गठन गर्ने, लगानीकर्ता असन्तुष्ट

23 Jun,2022
  • 287739262_1059652934639577_7936854193026402798_n_6_15_2022_11_56_48.jpg
नेपाली पैसा 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले आमरण अनसन र आन्दोलनको अन्त्य गरेपछि मात्रै समस्या समाधान समिति गठन गर्ने भएको छ । बोर्डले बुधबार आरण अनसन बसेका लगानीकर्ता तिलक कोइरालालाई पत्र पठाउदै उक्त कुरा उल्लेख गरेको हो । 

पत्रमा भनिएको छ, ‘आन्दोलन र आमरण अनसन अन्त गरेपश्चात लागु हुने गरी बोर्डका तर्फबाट कामु कार्यकारी निर्देशक विजय देव आचार्य र कामु कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ, पुँजीबजार सुधार संघर्ष समितिबाट २ जना विज्ञ प्रतिनिधि तथा नेपाल सरकारबाट मान्यता प्राप्त लगानीकर्ता संघका एक एक जना प्रतिनिधि रहने गरी समस्या समाधान समिति गठन गरिनेछ ।’  

तथापि, बोर्डले पठाएको उक्त पत्रप्रति लगानीकर्ताले असन्तुष्ट जनाएका छन् । आमरण अनसन बसेका कोइरालाले समस्याको समाधान नभएसम्म अनसन नतोड्ने बताएका छन् । उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आमरण अनसन तोडेर आउँ अनि समाधान समिति गठन गरुला भन्दै पत्र पठाउने कस्तो षडयन्त्र हो ? समाधान नभएसम्म अनसन तोडिन्न ।’

लगानीकर्ताले आमरण अनसनको नवौं दिन पनि अन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका हुन् । कोइरालाको अनसन र १९ बुँदै मागमा अधिकांश लगानीकर्ताहरुको छाता संगठनको सहयोग रहेको छ ।

Post Your Comment