Market Closed

आजबाट ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

23 Jun,2022
  • khop-850-1655467778873_6_20_2022_10_31_25_6_23_2022_10_36_04.jpg
नेपाली पैसा

काठमाडौं : सरकारले आज असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्लाका बालबालिकालाइ कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । जसमा पहिलो चरणमा प्रदेश नम्बर १ का झापा, इलाम, सुनसरी, मोरङ मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सामा ओप अभियान सञ्चालन गरिनेछ । यस्तै, वाग्मती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रे, काठमाडौं,भक्तपुर, ललितपुर तथा गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्वमा खोप अभियान चल्नेछ ।
 
लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने विभागले जनाएको छ । पहिलो मात्रा लगाएको तीन हप्तापछि दोस्रो मात्रा लगाउने तयारी छ ।
 
यता, भदौ ५ गतेदेखि ११ गतेसम्म बाँकी ५० जिल्लामा खोप अभियान सञ्चालन गरिनेछ । स्वास्थ्य सेवा विभागकाअनुसार असार ५ गते अमेरिकाबाट आएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख मात्रा खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउने सरकारको योजना छ ।   
 

Post Your Comment