Market Closed

नेपाल हाइड्रो डेभलोपरको कहिले बस्दैछ विशेष साधारण सभा ?

23 Jun,2022
  • sgm_2_6_6_23_2022_10_37_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल हाइड्रो डेभलोपर कम्पनीले असार १३ गते सोमबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो । सभा कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको नियमावली संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेस हुनेछ । 
 
सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको छ । यसर्थ, असार १ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् । यता, सभामा भाग लिन चाहने सेयरधनीले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र वा हितग्राही खाता खोलिएको कागजात साथमा लिएर जानु पर्नेछ ।

Post Your Comment