Market Closed

धितोपत्र बोर्डको पत्रमा आन्दोलनरत लगानीकर्ताले दिए यस्तो जवाफ

23 Jun,2022
  • 288807511_751757236242598_8608709426927067232_n_6_19_2022_4_27_22.jpg
नेपाली पैसा 

काठमाडौं : आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाले समस्या समाधान समिति गठन भएर आफूले अगाडि बढाएको १९ बुँदे मागहरु कार्यान्वयनको खाकामा सहमत नभएसम्म आमरण अनसन नतोडिने बताएका छन् । बुधबार नेपाल धितोपत्र बोर्डले आमरण अनसन बसेका लगानीकर्ता तिलक कोइरालालाई पत्र पठाउदै अनसनको अन्त्य गरेपछि मात्रै समस्या समाधान समिति गठन गर्ने भनेको थियो । उक्त पत्रको जवाफ दिंदै कोइरालाले उक्त कुरा बताएका हुन् । 

साथै, उनले समस्या समाधान समितिमा कसलाई पठाउने भन्ने कुरा धितोपत्र बोर्डले छनौट गर्ने नभई संघर्ष समितिको अधिकार क्षेत्र भित्रको कुरा रहेकालाई बोर्डको उक्त शर्त हटाउन माग गरेका छन् । समितिको लागि बोर्डले अर्को पत्र पठाएपछि आफूले ७ जनाको नाम सिफारिस गर्ने उनले बताएका छन् । उनले आजैै समिति गठन गरेर बुँदागत रुपमा कार्यान्वयन गर्नको लागि खाका तयार गर्न धितोपत्र बोर्डलाई आग्रह गरेका छन् । बुधबार बोर्डले पठाएको पत्रप्रति असन्तुष्ट जनाउदै लगानीकर्ताले आमरण अनसनको नवौं दिन पनि अन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् । 

सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका हुन् । कोइरालाको अनसन र १९ बुँदै मागमा अधिकांश लगानीकर्ताहरुको छाता संगठनको सहयोग रहेको छ ।


 

Post Your Comment