Market Closed

तिलक कोइरालाको स्वस्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल लगियो

23 Jun,2022
  • 289565877_8024887314195544_2016931134051312042_n_6_21_2022_4_08_47_6_23_2022_1_07_39.jpg
नेपाली पैसा

काठमाडौं : पुँजी बजार विकास तथा सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाको स्वस्थ्यमा गम्भीर समस्या आएपछि अहिले अस्पताल लगिएको छ । कोइरालाको स्वस्थ्य अवस्था बुझ्न अनसन स्थलमा गएका डाक्टरको सल्लाहअनुसार उनलाई पाटन अस्पताल लगिएको हो । 
 
विगत ९ दिनदेखि आमरण अनसनमा बसेका कोइरालाको स्वस्थ्य अवस्था पछिल्लो समय बिग्रदै गएको छ । उनको प्रेसर र सुगरको मात्रा सामान्य नरहेकाले किड्नी फेल हुनसक्ने सम्भावना रहेको डाक्टरले बताउँदै आएका छन् । 
 

Post Your Comment