Market Closed

अपर सोलु हाइड्रोको आइपीओमा पहिलो दिनमै ४० करोड ९ लाख बढीको आवेदन

04 Jul,2022
  • ipo_img_4_8_2022_7_15_09_4_8_2022_5_18_55_4_15_2022_3_49_37_6_16_2022_10_16_15_6_30_2022_10_31_14_7_4_2022_5_30_46.png
नेपाली पैसा

काठमाडौं : अपर सोलु हाइड्रोको आइपीओमा ४० करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज सोमबार (असार २० गते) साँझ ५ बजेसम्ममा ३ लाख ४१ हजार ८३५ जनाले ४० लाख ९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.२० गुणा बढी आवेदन हो । 
 
कम्पनीले आज (असार २० गतेबाट सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
 
यसमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको आइपीओलाई मध्यम जोखिम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।
 

Post Your Comment