Market Closed

मंगलबार सुन–चाँदीको भाउ सामान्य बढ्यो

05 Jul,2022
  • download_4_6_2022_10_51_31_4_27_2022_11_07_15_4_29_2022_11_05_13_5_6_2022_10_49_08_6_10_2022_11_10_30_6_17_2022_11_25_52_6_21_2022_11_02_18_7_5_2022_11_11_39.jpg
नेपाली पैसा

काठमाडौं : मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । 


यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।
 

Post Your Comment