Market Closed

असार लागेपछि बैंकहरुको निक्षेप ३२ अर्बले बढ्यो

05 Jul,2022
  • nba_new_11_11_2021_3_31_10.jpg
नेपाली पैसा

काठमाडौं : असार लागेपछि वाणिज्य बैंकहरुको निक्षेप संकलन ३२ अर्ब रुपैयाँले बढेको छ । बैंकर्स संघका अनुसार असार १७ गतेसम्म निक्षेप ३२ अर्बले बढेको हो । यसअवधिमा बैंकहरुले ४४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जेठ ३१ गतेसम्म बैंकहरुले ४४ खर्ब निक्षेप संकलन गरेका थिए । 

यता, असार लागेपछि कर्जा प्रवाह भने ९ अर्ब रुपैयाँले घटेको छ । यसअवधिमा वाणिज्य बैंकहरुले ४१ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकी जेठ मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ९३ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका थिए । 
 

Post Your Comment