Market Closed

सुनको भाउ तोलामा ५०० रुपैयाँ बढ्यो

22 Sep,2022
  • Capture_8_17_2022_11_10_14_8_24_2022_11_30_25_8_26_2022_11_19_22_8_30_2022_11_08_20_9_1_2022_11_26_04_9_5_2022_11_19_15_9_12_2022_11_11_14_9_21_2022_11_39_02.png
नेपाली पैसा
 
काठमाडौं : सुनको भाउ बिहीबार तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 


 
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार भने  चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो ।

Post Your Comment