Market Closed

बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

22 Sep,2022
  • Screenshot_2022-09-22_134609_9_22_2022_1_46_09.jpg
नेपाली पैसा
 
काठमाडौं : बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्नका ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् । बरुणले कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष र सर्वसाधारणलाई गरी कुल १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागको हो । 
 
उर्जा क्षेत्रमा लगानी गर्ने बरुण इन्भेष्टमेन्टको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । संस्थापक समूहको ७७% सेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको सेयर पुँजी चुक्ता भइसकेको छ । वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भएको यस कम्पनीको ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको छ । कम्पनीमा एसजी गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । 
 
बरुण इन्भेष्टमेन्ट बझाङ्ग स्थित १५.३३ मेगावाटको कलंगा हाइड्रो लिमिटड, ३८.४७ मेगावाटको सानीगाड हाइड्रो र १०.७० मेगावाटको बुङगल हाइड्रो गरी ३ वटा हाइड्रोपावर कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रुपमा रहेको कम्पनीले जानकारी गराएको छ । हालै बरुण इन्भेष्टमेन्टले संखुवा खोलामा हाइड्रो प्रवद्र्धन र गुराँस हाइड्रो प्रा.लि. (४१.०६ मेगावाट) मा पनि लगानी गर्ने प्रतिवद्धता जनाएको छ । 
 
बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु थप हाइड्रोपावर तथा होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको एसजी गु्रपका अध्यक्ष तथा कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरे बताउँछन् । बरुण इन्भेष्टमेन्टले मुख्य लगानिकर्ताका रुपमा रहेको एसजी गु्रपको एलपी ग्यास बोटलिँ, पेट्रोलियम पदार्थ वितरण, अटोमोबाईल, चिया प्रशोधन, निर्माण व्यवसाय, बैकिङ लगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ । 

Post Your Comment