Market Closed

नक्सामा बगैंचा देखिएपछि वीर अस्पतालका टहरामा काठमाडौं महानगरको डोजर चल्यो

22 Sep,2022
  • dozer-at-machhapokhari-1024x624-1_9_22_2022_2_58_43.jpg
नेपाली पैसा

काठमाडौं : काठमाडौं महानगरले वीर अस्पतालको बाहिर रहेका अवैध संरचना भत्काएको छ । महानगरले नक्सामा बगैंचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि त्यस्ता टहरा हटाउन ३५ दिने सूचना जारी गरेको थियो । त्यस्तै, बुधबार पनि महानगरले सो स्थानमा २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो । 
 
तर सो समयमा सम्बन्धित निकायले अटेरी गरेपछि महानगरको टोली बिहीबार डोजर लिएर वीर अस्पताल पुगेको थियो । यतिबेला काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरभित्रका अवैध संरचना हटाउने अभियान नै चलाएका छन् । 
 

Post Your Comment