Market Closed

अर्थमन्त्री भन्छन्-पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन हुँदैछ

22 Sep,2022
  • Janardhan-Sharma_9_22_2022_5_00_35.jpg
नेपाली पैसा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने सम्बन्धमा अध्ययन थालेको बताएका छन् । बिहीबार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘नेपालमा पेट्रोलियम प्रयोग हुने गाडी कहिले, कति वर्षमा रोकिन्छ भन्नेबारे अध्ययन गर्दैछौं । उनले यसको लागि राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको पनि बताए । यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ ।
 
त्यसपछि सरोकारवालाको सुझाव लिएर कार्यान्वयनमा जाने उनले जानकारी दिए । अब नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनु पर्ने भन्दै नाडा समेत यसमा तयार हुनु पर्ने अर्थमन्त्री शर्माको सुझाव छ । अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सवारीमा जानु पर्ला, त्यसैले नाडाले पनि त्यता तिर पनि सोच्नुपर्ने उनले आग्रह गरे । 
 

Post Your Comment