Market Closed

वित्तीय प्रणालीमा एकै दिन १६ अर्बले बढ्यो निक्षेप, कर्जा जम्मा १ अर्ब वृद्धि, सीडी रेसियो सहज हुन थाल्यो

22 Sep,2022
  • Deposits_9_22_2022_7_49_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : वित्तीय प्रणालीमा पछिल्ला दिनहरुमा लगातार निक्षेप थपिंदै गएको छ । निक्षेप वृद्धिसँगै तरलता संकट अब विस्तारै सहज हुने बाटोतिर लागेको संकेत मिलेको छ । प्रणालीमा निक्षेप वृद्धि अलि द्रुत हिसाबले भइरहेको छ । तर त्यस अनुपातमा कर्जा प्रवाह भने निकै सुस्त देखिएको छ । यसैक्रममा प्रणालीमा एकै दिन १६ अर्ब रुपैयाँ निक्षेप थपिएको केन्द्रीय बैंकले जानकारी गराएको छ ।

केन्द्रीय बैंकले गरेको पछिल्लो अपडेट अनुसार मंगलबारको तुलनामा बुधबार प्रणालीमा १६ अर्ब रुपैयाँ थपिएको छ । तर कर्जा प्रवाह भने निकै सुस्त छ । १६ अर्बले निक्षेप बढ्दा कर्जा प्रवाह भने जम्मा १ अर्बले मात्र बढेको छ । यसबाट आगामी दिनमा निक्षेपमा आशातीत वृद्धि हुने अनुमान गर्न सकिने भएको छ । निक्षेप थपिएसँगै सीडी रेसियो पनि निरन्तर तल झरिरहेको छ । अहिले सीडी रेसियो ८७.३० मा आइसकेको छ । 

 

Post Your Comment