Market Closed

पाकिस्तानमा रेलवे सेवालाई २ खर्ब ७० अर्ब रुपैयाँ क्षति, कर्मचारीलाई तलब दिन नसक्ने अवस्था

25 Sep,2022
  • pakistan_9_25_2022_8_38_48.jpg
नेपाली पैसा 
 
काठमाडौ : बाढीका कारण पाकिस्तान रेलवेलाई २ खर्ब ७० अर्ब (नेपाली रुपैयाँ) बराबरको पूर्वाधार क्षति भएको छ । रेलवेका प्रमुख कार्यकारी अधिकृत फारुख तैमूरले राष्ट्रिय सभाको रेल समितिलाई पूर्वाधारमा भएको क्षतिबारे जानकारी गराएका हुन । रेलवेका धेरै ठाउँका ट्र्याकहरू पानीमुनि डुबेका छन् । हाल कम्पनीले कर्मचारीको तलबसमेत दिन सकिरहेको छैन ।

धेरै रुटमा रेल सञ्चालन ठप्प हुँदा रेलवेलाई ३ अर्ब ८० करोड रुपैयाँ नोक्सानी भएको त्यहाँका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । आर्थिक संटक झेलिरहेको पाकिस्तानमा अहिले आएको बिनाशकारी बाढीका कारण थप ३० अर्ब डलर भन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ । बाढीले पाकिस्तानको एक तिहाइ भू–भाग डुबानमा परेको छ । बाढीकै कारण १ हजार ६०० जनाले ज्यान गुमाएका छन् ।
 
स्रोत : एजेन्सी

Post Your Comment