Market Closed

हालसम्मकै उच्च एफडीआई भित्र्याउने बाटोमा भारत, यस वर्ष करिब १ खर्ब डलर भित्रिने

25 Sep,2022
  • 1_12_21_2021_2_43_01.jpg
नेपाली पैसा
 
काठमाडौं : भारतले चालु आर्थिक वर्षमा १ खर्ब अमेरिकी डलर बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने भएको छ । आर्थिक सुधार र व्यापार गर्न सहजता (इज अफ डुइङ बिजनेस) का कारण चालु आर्थिक वर्षमा इतिहासकै उच्च प्रत्यक्ष वैदेशिक लगानी भित्रिने भारत सरकारले बताएको हो । भारतले गत वर्ष अर्थात् सन् २०२१–२२ मा पनि इतिहासकै उच्च ८३.६ अर्ब डलर एफडीआई भित्र्याएको थियो । उक्त रेकर्ड यस वर्ष तोडिने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
 
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा विश्वका १०१ देशहरुबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यी देशहरुले भारतका ३१ केन्द्र शासित प्रदेश र राज्यहरूमा लगानी गरेका छन् । यस्तो लगानी भारतका ५७ वटा विभिन्न सेक्टरहरुमा रहेको छ । भारतको ‘इज आफ डुइङ बिजनेस’ मा सुधार भएसँगै प्रत्यक्ष वैदेशिक लगानीमा पनि विस्तार भएको बताइएको छ ।

Post Your Comment