Market Closed

‘पेटीएम’ विश्वकै सबैभन्दा खराब प्रदर्शन गर्ने आइपीओ, मार्केट भ्याल्यू ७५% ले घट्यो

24 Nov,2022
  • 1_10_24_2021_5_12_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : भारतको सबैभन्दा ठूलो डिजिटल भुक्तानी प्रदायक ‘पेटीएम’ विश्वकै सबैभन्दा खराब प्रदर्शन गर्ने आइपीओ बनेको छ । ‘वान ९७ कम्युनिकेसन लिमिटेड’ द्वारा सञ्चालित पेटीएमको आइपीओ सूचीकृत भएको एक वर्षमै मार्केट भ्याल्यूमा ७५% गिरावट आएको छ । जुन विश्वका अन्य ठूला आइपीओहरुमध्ये एक दशक यताकै सबैभन्दा खराब प्रदर्शन भएको ब्लुमबर्गले उल्लेख गरेको छ । यसअघि सन् २०१२ मा स्पेनको ‘बैंकिया एसए’ सूचीकरण भएको एक वर्षमै ८२% ले घटेको थियो । 


 
पेटीएमले गत वर्ष भारतमा २.४ अर्ब अमेरिकी डलर बराबरको आइपीओ जारी गरेकोे थियो । सूचीकरण भएको एक वर्षमै यसको बजार भ्याल्यू ७५% ले घटेको हो । यता, कम्पनीको सेयर भाउमा पनि ठूलो गिरावट आइरहेको छ । नोभेम्बर महिनामै यसको सेयर भाउ ३०% ले घटेर बुधबार ४५० भारतीय रुपैयाँमा आएको थियो । जुन आइपीओको मूल्य प्रतिकित्ता २१ सय ५० भारु भन्दा ७९% गिरावट हो ।

Post Your Comment