Market Closed

मकवानपुर–१ मा कांग्रेसकी डीना र राप्रपा नेपालका अध्यक्ष थापा लाई पराजित गर्दै राप्रपाका सिंह विजयी

24 Nov,2022
  • Capture_1_11_24_2022_2_46_22.png
नेपाली पैसा

काठमाडौं : मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ’डीना’ र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंहले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन् । सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् । एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । 
 

Post Your Comment