Market Closed

निर्वाचन अपडेटः ८३ स्थानको नतिजा सार्वजनिक, कसले कति जिते ?

24 Nov,2022
  • electiokms_11_15_2022_8_31_14_11_24_2022_4_12_41.jpg
नेपाली पैसा

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ८३ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । यस्तै, ७७ स्थानमा मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेस ३१, नेकपा एमाले १९, नेकपा माओवादी केन्द्र ८, नेकपा एकीकृत समाजवादी ७ स्थान र राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा जित हासिल गरेका छन् ।
 
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) २, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी र अन्य गरी १—१ एक स्थानमा विजयी भएका छन् ।
 
यता, जारी मतगणनामा कांग्रेस २२, एमाले २७, माओवादी ८, जनता समाजवादी पार्टी (जसपा) ६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३, एकीकृत समाजवादी ३, राष्ट्रिय स्वतन्त्र पार्टी २, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १, नागरिक उन्मुक्ति पार्टी १ र अन्य ४ स्थानमा अगाडि छन् ।
 

Post Your Comment