Market Closed

भारतीय सेयर बजार ‘अल टाइम हाई’ विन्दुमा, सेन्सेक्स ७६२ अंकले बढेर ६२,२७२ मा बन्द

24 Nov,2022
  • 1_9_24_2021_3_57_48.jpg
नेपाली पैसा
काठमाडौं : भारतीय सेयर बजारले नयाँ उचाई बनाएको छ । बिहीबार भारतको प्रमुख सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैले ‘अल टाइम हाई’ रेकर्ड बनाएका छन् । यस दिन सेन्सेक्स ७६२.१० अंकले बढेर ६२,२७२ विन्दुमा बन्द भएको छ । जुन हालसम्मकै उच्च हो । त्यसो त, इन्ट्रा डे कारोबारमा सेन्सेक्स ९०० अंकले बढेर ६२,४०० विन्दुसम्म पुगेको थियो । यता, अर्को सेयर बजार सूचक निफ्टी ५० पनि २१६.८५ अंकले बढेर १८,४८४.१० विन्दुमा पुगेको छ । जुन नयाँ अल टाइम हाई क्लोजिङ विन्दु हो ।
 
भारतीय सेयर बजारमा उछाल आउनुको प्रमुख कारणमध्ये एकमा अमेरिकी फेडरल रिजर्भको पोलिसि बैठक पनि रहेको छ । फेडरल रिजर्भले ब्याजदर वृद्धिको दरलाई कम गर्ने सम्भावनाका कारण लगानीकर्ताहरु आशावादी देखिएको छ । यस्तै, विगत केही दिनदेखि प्रमुख अन्तर्राष्ट्रिय बजार समग्रमा सकारात्मक देखिँदा त्यसको प्रभाव भारतीय बजारमा पनि परेको विश्लेषण गरिएको छ । 

Post Your Comment