Market Closed

चितवन १ बाट अर्थशास्त्रीहरुलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

24 Nov,2022
  • hari_dhaka_11_24_2022_4_26_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । उनले ३४ हजार १८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत प्राप्त गरेका छन् । ढकालले पूर्वअर्थमन्त्री पाण्डे र राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा उम्मेदवार बनेका अर्थशास्त्री विश्वनाथ पौडेललाई पराजित गरेका हुन् ।

उनी सेयर बजारका लगानीकर्तासमेत हुन् । संसदमा पुगेर पुँजी बजार सुधारका लागि सशक्त आवाज उठाउने उनले यसअघि बताएका थिए । सेयर बजारका लगानीकर्ताहरु पनि उनको विजयमा हर्षित भएको प्रतिक्रिया दिइरहेका छन् । 
 
ढकालले ३४ हजार १८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएको चितवन १ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए । सो क्षेत्रमा सत्तारूढ गठबन्धनले उम्मेदवार बनाएको नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे ।

Post Your Comment