Market Closed

सिरहा-१ मा एमालेका रामशंकर यादव विजयी

24 Nov,2022
  • Ram-sharkar-yadav-__11_24_2022_6_10_32.jpg
नेपाली पैसा

काठमाडौं : सिरहा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका पदम नारायण चौधरीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । 

यादवले निकटतम् प्रतिस्पर्धी चौधरीलाई २ हजार ८३ मतान्तरले पराजित गरेका हुन् । यादवले २९ हजार ४ सय ६२ मत पाएर विजयी हुँदा चौधरीले २७ हजार ३ सय ७९ मत पाए ।
 

Post Your Comment