Market Closed

सप्तरी–१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

24 Nov,2022
  • shah_11_24_2022_6_23_26.jpg
नेपाली पैसा

काठमाडौं : सप्तरी निर्वाचन क्षेत्र–१ बाट जनता समाजवादी पार्टीका उम्मेदवार नवलकिशोर साह सुडी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जनमत पानर्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

साहले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत मात्र ल्याए । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत ल्याए ।
 

Post Your Comment