Market Closed

आगामी वर्षदेखि विद्युत कटौती अन्त्य गर्ने श्रीलंकाको तयारी

27 Nov,2022
  • srilanka-flag-760x467-1_11_27_2022_11_19_49.jpg
कोलम्बो : श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताएका छन् । श्रीलंकाले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको सामना गरिरहेको छ । कुनै बेला दैनिक १३ घण्टासम्मको बिजुली कटौती भएको थियो । जुन अहिले दिनको लगभग दुई घण्टामा घटेको छ ।
 
मन्त्री विजेसेकेराका अनुसार सरकारले पछिल्ला केही महिनामा विद्युत् कटौतीलाई ठूलो मात्रामा कम गर्न कदम चालेका छन् । हरेक वर्ष माघ र असार महिनामा विद्युत महसुल परिमार्जन गर्नु उपयुक्त हुने भन्दै उनले विद्युत महसुल परिमार्जन नगरी त्यसो गर्न नसकिने बताएका छन् । 
 
मन्त्रीका अनुसार उनीहरूले सन् २०२३ मा नवीकरणीय ऊर्जालाई बढावा दिने योजना पनि बनाएका छन् र यो श्रीलंकाका लागि ऊर्जाको उत्तम स्रोत पनि हो ।
 
रासस-सिन्ह्वा
 

Post Your Comment