Market Closed

शून्य कोभिड नीतिप्रति चिनियाँ नागरिक आक्रोशित, राष्ट्रपति सी र कम्युनिष्ट पार्टी विरुद्ध पनि प्रदर्शन

27 Nov,2022
  • Screenshot_2022-11-27_135406_11_27_2022_1_55_00.jpg
नेपाली पैसा
 
काठमाडौं : चीनको ‘शून्य कोभिड नीति’ प्रति त्यहाँका नागरिकहरु आक्रोशित बनेका छन् । शून्य कोभिड नीतिका कारण जनजीवन कष्ठकर बन्दै गएपछि अक्रोशित बनेका चिनियाँ नागरिकहरुले देशका विभन्न शहरहरुमा लक डाउन विरोधी प्रदर्शन तीब्र पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । सांघाई शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । आक्रोशित प्रदर्शनकारीहरुले चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रपति सी चीन फिङको विरुद्धमा पनि नाराबाजी गरेको भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

चीनको विगत ३ वर्षदेखिको कडा कोभिड प्रतिबन्धका कारण नागरिकहरु रुष्ट बन्दै गएका छन् । जसका कारण पछिल्लो केही दिनयता लक डाउन विरोधी प्रदर्शन तीब्र बन्दै भएको छ भने केही शहरहरुमा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप पनि भएको छ । प्रदर्शनमा उत्रिएका नागरिकहरुले पीसीआर परीक्षण चाहिँदैन भन्दै स्वतन्त्रताका लागि नारा लगाएका छन् । यता, चीनको स्वास्थ्य आयोगले भने कोभिड संक्रमणको घटना दैनिक बढ्दै गएको बताएकोे छ । 

Post Your Comment