Market Closed

चुनावपछि बैंकहरुमा बढ्न थाल्यो निक्षेप

27 Nov,2022
  • NBA-MK_9_15_2022_12_47_07.png
नेपाली पैसा
 
काठमाडौं : मंसिर पहिलो साता वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार मंसिर ९ गतेसम्म बैंकहरुले ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो साता अर्थात मंसिर २ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । 
 
यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि ३ अर्ब रुपैयाँले विस्तार भएको छ । मंसिर २ गतेसम्म ४२ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकामा मंसिर ९ गतेसम्म ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो । मंसिर ९ गतेसम्म बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.८६ कायम रहेको छ ।

 

Post Your Comment