Market Closed

विश्वकप फुटबलमा जर्मनीलाई हराएर सनसनी मच्चाएको जापान कोस्टारिकासँग १–० गोलले स्तब्ध

27 Nov,2022
  • GettyImages-1444922737_11_27_2022_6_17_02.jpg
नेपाली पैसा

काठमाडौं : विश्वकप फुटबलमा आज भएको समूह ‘ई’ को खेलमा कोस्टारिकाले जापानलाई १–० गोलले हराएको हो । खेलको ८१ औं मिनेटमा कोस्टारिका फुलरले गरेको गोल नै निर्णायक बन्न पुग्यो । यो सँगै कोस्टारिका २ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको जापानको पनि समान खेलबाट ३ अंक छ । 
 
यो समूहको शीर्ष स्थानमा स्पेनको एक खेलबाट ३ अंक छ भने पहिलो खेलमा हार बेहोरेको जर्मनी अंकबिहीन छ । आज राति यो समूहका जर्मनी र स्पेनबीच भिडन्त हुँदैछ । यसअघि समूहको चरणको पहिलो चरणको खेलमा स्पेनले कोस्टारिकालाई ७–० र जापानले जर्मनीलाई २–१ गोलले हराएका थिए ।
 

Post Your Comment