Market Closed

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाकै १ लाख ६ हजार ३०० रुपैयाँ पुग्यो

24 Jan,2023
  • download_2_4_2022_10_50_27_2_6_2022_11_01_35_2_8_2022_11_08_43_2_21_2022_10_59_04_3_7_2022_11_20_10_3_9_2022_11_04_38_1_24_2023_10_52_33.jpg
नेपाली पैसा

काठमाडौं : सुनको भाउले मंगलबार (माघ १० गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो । 



सोमबार छापावाल सुन तोलाको १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो । विश्व बजारमा सुनको माग बढिरहेको छ । विश्लेषकहरुले मूल्य अझै बढ्दै जान सक्ने भविष्यवाणीहरु गरिरहेका छन् । 
 

Post Your Comment