Market Closed

विश्वका ठूला बैंकहरु भारीमात्रामा कर्मचारी कटौती गर्दै, आखिर के पर्यो त्यस्तो समस्या ?

24 Jan,2023
  • Banks_1_24_2023_12_27_12.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वका ठूला बैंकहरुले विश्वव्यापी वित्तीय संकटपछिकै सबैभन्दा ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारी गरेका छन् । ‘इन्भेष्टमेन्ट बैंकिङ’ बाट आम्दानीमा गिरावट आएपछि बैंकका कार्यकारीहरुलाई लागत कटौती गर्न दबाब परेको छ । लागत घटाउने उपायका रुपमा कर्मचारी कटौतीको तयारी थालिएको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ । बैंकिङ सेक्टरमा हजारौंको संख्यामा कर्मचारी कटौती हुने अनुमान गरिएको छ ।
 
क्रेडिट सुइस, गोल्डम्यान साक्स, मोर्गन स्टेनली र बैंक अफ न्यूयोर्क मेलन जस्ता ठूला बैंकहरूले हालैका महिनाहरूमा १५ हजार भन्दा बढी रोजगारी कटौती गरिसकेका छन् । कर्मचारी कटौतीकोे ट्रेन्डलाई अन्य अमेरिकी र युरोपेली बैंकहरुले पनि पछ्याउने अनुमान गरिएको छ । बैंकिङ सेक्टरको रोजगारी कटौती सन् २००८ को वित्तीय संकटको बेलामा भन्दा धेरै र गम्भीर हुने विश्लेषकहरुले अनुमान गरेका छन् । त्यसबेला बैंकिङ सेक्टरका करिब १ लाख ५० हजार जनाले रोजगारी गुमाएका थिए ।

यता, गत हप्तादेखि वाल स्ट्रिट बैंकले आफ्ना ६.५% अर्थात ३२ सय कर्मचारीहरुलाई हटाउने प्रक्रिया सुरु गरिसकेको छ । क्रेडिट सुइसले करिब ९ हजार कर्मचारी घटाउने योजना बनाएको छ । यसैगरी, सिटी ग्रुप र युबीएसले पनि आम्दानीमा गिरवाट आएसँगै खर्च कटौतीका लागि कर्मचारी घटाउने योजना बनाइरहेका छन् ।

Post Your Comment