नेपाली पैसा
काठमाडौं : सुदूरपश्चिमको पहाडी भेगमा केन्द्रविन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जुम्ला जिल्लाबाट ६३ किलोमिटर उत्तरपश्चिममा रहेको छ । जमिनको सतहबाट १० किलोमिटर गहिराइमा भूकम्प गएको हो । भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको राजधानी दिल्लीमा समेत महुसुस भएको छ ।