Market Closed

नयाँ बानेश्वरमा एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

24 Jan,2023
  • newbaneshwor_1_24_2023_4_04_19.jpg
नेपाली पैसा

काठमाडौं : नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह प्रयास गरेका हुन् । उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए । आत्महत्याको प्रयास गर्ने उनी इलाम घर भएका ३६ वर्षीय प्रेम प्रसाद आचार्य रहेको प्रहरीले बताएको छ । 
 

Post Your Comment