नेपाली पैसा
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ‘सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड’ को ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता सेयर सूचीकृत भएको छ । साविकको सूर्या लाइफ इन्सुरेन्स र ज्योति लाइफ इन्सुरेन्स कम्पनीको मर्जरपछि ‘सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड’ को नाममा उक्त सेयर सूचीकृत भएको हो ।
यी दुई इन्सुरेन्स कम्पनी १ः०.८२४५ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सोही स्वाप रेसियोका आधारमा कायम सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । मर्जरपछि अब ‘एसजेएलआइसी’ संकेतमा सेयर कारोबार हुनेछ भने पहिलो कारोबारका लागि प्रतिकित्ता ३७१ रुपैयाँ ५९ पैसा भाउ तोकिएको छ ।