Market Closed

राष्ट्रिय वाणिज्य बैंककों वार्षिकोत्सवमा अर्थमन्त्री र गभर्नरले के-के भने ?

24 Jan,2023
  • Capture_1_24_2023_7_57_39.png
नेपाली पैसा

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले मुनाफामा मात्रै केन्द्रित नभई आमसर्वसाधारणको हितमा काम गर्नुपर्ने बताएका छन् । मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नाफामा भन्दा पनि गुणस्तरीय सेवा दिने बैंकका रुपमा वाणिज्य बैंकले काम गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भने, सरकारी लगानीको बैंकको उद्देश्य मुनाफा आर्जन गर्ने मात्र होइन । तपाईहरुले आफ्नो स्रोत साधनलाई सही ढंगले परिचालन गरेर विपन्न वर्गसम्म कर्जा पुर्यायाउन आवश्यक छ । 
 
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय निजी बैंकहरु मर्ज हुने क्रम बढेकोले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्ज हुनुपर्ने बताएका छन् । राष्ट्र बैंकले मर्जको लागि कुनै बाध्यात्मक अवस्था नगरेको अवस्थामा उनीहरु प्रतिस्पर्धी हुन मर्ज भएको गभर्नर अधिकारीले बताए । उनले निजी क्षेत्रका बैंकले आफ्नो आवश्यकता बुझ्दा सरकारी बैंकले आवश्यकता किन नबुझेको भनेर प्रश्न समेत गरे ।यसको लागि सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने उनले बताए । 
 

Post Your Comment