काठमाडौं : सुनको मूल्य शुक्रबार तोलामा ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको छ ।