Market Closed

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा सुनुवाई सकियो

27 Jan,2023
  • new-project-12-1165006-1669198186_1_27_2023_1_31_19.jpg
नेपाली पैसा

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ । बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा शुक्रबार बहस सकिएको हो । लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलासमा सुनुवाई भएको हो । सुनुवाइपछि अहिले न्यायाधीशहरु फैसलाबारे छलफल गरिरहेका छन् । 
 
लामिछानेविरुद्ध मंसिर २८ गते प्रतिनिधि सभाका सदस्यको रुपमा शपथ नगराउन परेको थियो । तर पुस ६ गतेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो ।
 

Post Your Comment