नेपाली पैसा
काठमाडौं : सुनको भाउ बढ्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १३ सय ५ रुपैयाँ कायम रहेको थियो । यसअघि माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन प्रतितोला एक लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकामा बैंकहरु टाट पल्टिन थालेका छन् । यससँगै विश्व आर्थिक मन्दीको हल्ला पनि चल्न थालेको छ । यही कारण विश्वभरका लगानीकर्ता सुन सञ्यच गर्नतर्फ लागेका छन् । यसबाट स्ुनको माग ह्वात्तै बढ्न जाँदा मूल्यमा समेत चाप परेको विश्लेषकहरुले बताएका छन् ।