नेपाली पैसा
काठमाडौं : उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादव निर्वाचित भएका छन् । भर्खरै सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी उनी निर्वाचित भएका हुन् । यादव संघतर्फको १४ हजार ५३६ र प्रदेशतर्फको १५ हजार ७९२ गरी कुल ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका हुन् । यादवले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीको मत पाए । साह जसपाका उम्मेदवार हुन् । उनलाई सत्तारुढ गठबन्धनका प्रमुख दलको समर्थन रहेको छ ।
यस्तै, उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । यता, अर्की उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरिन् ।