Market Closed

नेपाल फाइनान्सको ७०% हकप्रद सेयर बिक्री खुला

20 May,2022
  • right-share-678x381_9_3_2021_2_58_41_10_22_2021_12_44_12_3_23_2022_12_34_34.jpg
नेपाली पैसा 

काठमाडौं : नेपाल फाइनान्सको आज शुक्रबार (जेठ ६ गते) बाट ७०% हकप्रद सेयर बिक्री खुला भएको छ । यसले १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार फाइनान्सले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरका लागि यसले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २० गतेसम्म कायम सेयरधनीले मा हकप्रद भर्न पाउनेछन् । 
 
यस हकप्रद सेयरमा लगानीकर्ताले जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ । यस हकप्रदमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
 
यसमा प्रभु क्यापिटल तथा नेपाल फाइनान्सको केन्द्रीय तथा शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
 

Post Your Comment