Market Closed

ङादी ग्रुप पावरको आज एजीएम, लगानीकर्तालाई बोनस सेयर

19 Sep,2021
  • AGM__9_19_2021_7_54_05.jpg
नेपाली पैसा  

काठमाडौं : ङादी ग्रुप पावरले बोनस तथा हकप्रद सेयर प्रस्तवसहित आज आइतबार असोज ३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । साथै, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको २००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । प्रस्तावित बोनसपछि पुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँ पुग्नेछ ।

सोही पुँजीमा २००% हकप्रद प्रस्ताव गरिएको हो । यता, ७०।६० मेगावाटको बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट सर्वेक्षण अनुमतिपत्रका लागि भएका प्रगति विवरण सभामा जानकारी गराई थप कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 
 
साधारण सभा क्विन्स क्याफे अनामनगर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज भइसकेको छ । भदौ १७ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित बोनस सेयर पाउनेछन् । 

Post Your Comment