Market Closed

सामलिङ पावरको कारोबार २९६ रुपैयाँमा खुल्यो, न्यादीको कारोबार भएन

25 Nov,2021
  • listing_11_3_2020_2_57_54_1_1_2021_1_09_02_5_2_2021_2_02_44_11_24_2021_1_51_00.jpg
नेपाली पैसा
 
काठमाडौं : सामलिङ पावर कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । सामलिङको पहिलो कारोबार प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा खुला भएको छ । नेप्सेले सामलिङको ओपनिङ रेन्ज न्यूनतम ९८ रुपैयाँ ७७ पैसादेखि अधिकतम २९६ रुपैयाँ ३१ पैसा तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट यसको सेयर कारोबार खुला भएको हो । 
 
‘एसपीसी’ संकेतमा सामलिङको दोस्रो बजारमा कारोबार खुला भएको छ । कम्पनीले बुधबार चुक्ता पुँजीका आधारमा कायम हुने ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो । कम्पनीले कात्तिक ४ गतेबाट ८ गतेसम्म ७ लाख ३० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।
 
यता, न्यादी हाइड्रोपावरको भने प्रिओपन सेयनमा कारोबार हुन सकेन । प्रिओपन सेसनमा कारोबार म्याच नभएका कारण बिहीबार यसको कारोबार नहुने भएको छ । अब अर्को दिन प्रिओपन सेसनमा कारोबार म्याच भएपछि मात्र यसको नियमित कारोबार सुरु हुनेछ । नेप्सेले न्यादीको ओपनिङ रेन्ज न्यूनतम ९४ रुपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म तोकेको छ । सोही रेन्जभित्र रहेर कारोबार सुरु हुनेछ । 
 
‘एनवाईएडीआई’ संकेतमा न्यादीको दोस्रो बजारमा कारोबार खुला हुनेछ । कम्पनीको १ करोड ५० लाख कित्ता सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो । 

Post Your Comment