Market Closed

नेसनल हाइड्रोपावरको एजीएम आज, यस्ता छन् एजेन्डा

17 Mar,2023
  • national-hydropower-company-ltd_8_1_2018_11_06_59_9_28_2020_9_42_24_2_19_2021_9_06_44_1_30_2022_9_49_03_4_29_2022_9_16_27_7_31_2022_7_55_53_3_17_2023_8_50_19.jpg
नेपाली पैसा 

काठमाडौं : नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको साधारण सभा आज (चैत ३ गते) बस्दैछ । सभा डेलिस ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले यस पटक लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन् । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।  साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । 
 
सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गरीसकेको छ । तसर्थ, फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । हाल नेसनल हाइड्रोपावरले ५०% हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डबाट अनुमति पाएपछि यस कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्नेछ ।
 

Post Your Comment