हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का, मर्जर प्रकृया अघि बढ्यो

14 May,2021
  • merger_7_7_2019_10_24_12_5_14_2021_1_06_50.jpg
नेपाली पैसा 

काठमाडौं : हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन र इन्भेष्टमेन्ट एक आपसमा मर्जमा गएकाले दुवै बैंकको शुक्रबार (वैशाख ३१ गते) देखि सेयर कारोबार रोक्का भएको हो । मर्ज सम्पन्न भएर एकीकृत कारोबार भएपछि अब हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकको  नामबाट सेयर कारोबार खुल्नेछ ।
 
दुवै बैंकबीच मर्जरका लागि बिहीबार सम्झौता भएको हो । अहिलेको प्रारम्भिक सहमति अनुसार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच १ः१ अनुपातमा मर्जर हुन लागेका हुन् । मर्जरपछि प्रमुख कार्यकारी हिमालयनका अशोक राणा हुने छन् भने डेपुटी प्रमुख कार्यकारी इन्भेष्टमेन्टबाट ज्योति पाण्डेल सम्हाल्ने छन् । अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने सम्झौता भएको छ ।

त्यसपछि सेयर संरचनाका हिसाबले बाँकी सञ्चालक छानिने छन् । यी दुई बैंक एकअपसमा मर्जर भएसँगै चुक्ता पुँजी, निक्षेप, कर्जा लगायतमा सबैभन्दा ठूलो बैंक बन्नेछ । यहिलेसम्म ग्लोबल आइएमई र जनता बैंक मर्जर भएर हालसम्म यी सूचकमा ठूलो बैंक बनेको अवस्था छ । अब ग्लोबललाई हिमालयन इन्भेष्टमेन्टले जित्नेछ ।
 

Post Your Comment