Market Closed

एनआइबीएल एसको आजीवन डिम्याट र मेरो सेयर नवीकरण योजनाको म्याद थप

04 Jul,2022
  • nibl_c_2_10__9_19_2018_10_55_46.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआइबिएल एस क्यापिटलले आजीवन डिम्याट र मेरो सेयर नवीकरण गर्ने योजनाको म्याद थप गरेको छ । क्यापिटलले नयाँ वर्षको अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु ल्याएको थियो । वैशाख १ गतेदेखि असार १७ गतेसम्म ७९ दिनको लागि नयाँ योजना ल्याएको थियो । यो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको थियो । 

तथापि, ग्राहकहरुको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै उक्त सेवालाई थप गरेको क्यापिटलले जनाएको छ । क्यापिटलले २ हजार रुपैयाँमा आजीवन डिम्याट र मेरो सेयर नवीकरण गर्ने योजना ल्याएको थियो । क्यापिटलले उक्त योजनाको म्याद असार ३२ गतेसम्मलाई थप गरेको हो । यो सुविधा नयाँ तथा पूराना दुवै ग्राहकहरुमा लागू हुने क्यापिटलले जनाएको छ । 

 

Post Your Comment