Market Closed

म्युचुअल फन्डहरुको प्रतिफल किन घट्यो यसपटक ? हेरौं, अहिलेसम्म कुनले कति–कति गरे घोषणा ?

14 Sep,2022
  • mutual_img_9_14_2022_8_09_20.jpg
नेपाली पैसा
 
काठमाडौ : पुँजी बजारमा लाभांशको सिजन सुरु भएसँगै सूचीकृत म्युचुअल फन्डहरुले पनि धमाधम गत वर्षको नाफाबाट प्रतिफल घोषणा गर्न थालेका छन् । यद्दपि, गत आर्थिक वर्षको सुरुवातदेखि नै सेयर बजार घट्दो क्रममा जाँदा यसपटक म्युचुअल फन्डहरुको लाभांश पनि केही प्रभावित देखिएको छ । म्युचुअल फन्डहरुको अधिकांश लगानी सेयरमा हुने गरेका कारण बजार घट्दा फन्डहरुको कमाईमा पनि असर पर्ने गर्छ । जसका कारण अधिल्लो वर्षको तुलनामा अधिकांश म्युचुअल फन्डहरुको प्रतिफल घटेको छ ।
 
हालसम्म लाभांश घोषणा गरेका १० मध्ये ९ वटा फन्डहरुको प्रतिफल अघिल्लो वर्षको तुलनामा घटेको छ । म्युचुअल फन्डहरुको प्रतिफल दर औसतमा करिब ७०% ले घटेको छ । एनएमबि हाइब्रिड फन्ड एल १ को मात्र लाभांश दर अघिल्लो वर्षको तुलनामा बढेको छ । यसले इकाईधनीहरुलाई २१.०५% लाभांश वितरण गरेको छ । अघिल्लो वर्ष २०% रहेको थियो ।

 एनआइबीएल प्रगति फन्डको लाभांशदर सबैभन्दा धेरै ४५.८% ले घटेको छ । अघिल्लो वर्ष ५०% लाभांश दिएको यस फन्डले यसपटक ४.२% मात्र दिएको छ । आर्थिक वर्ष २०७८–७९ को लाभांश घोषणा गरेका केही म्युचुअल फन्डहरुले भने बुक क्लोज गरी इकाईधनीहरुको खातामा लाभांश रकम पठाउन पनि सुरु गरिसकेका छन् । बाँकीले अब धमाधम प्रतिफल घोषणा गर्ने अनुमान गर्न सकिन्छ ।

यस्तै, बिमा कम्पनीहरुले पनि लाभांश घोषणा गर्न थालिसकेका छन् । अब केही समयपछि बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स लगायत अन्य क्षेत्रका कम्पनीहरुले पनि लाभांश प्रस्ताव गर्ने अनुमान गर्न सकिन्छ । यतिबेला सेयर वा म्युचुअल फन्डका इकाईहरु होल्ड गर्नेले तत्काल लाभांश पाउनेछन् । 


Post Your Comment