Market Closed

एनआइबीएल एस खुलामुखी योजनाको युनिट खरिदबिक्री अब अनलाइनबाटै

07 Dec,2021
  • nibl_c_2_10_6_7_2019_10_54_23.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल एस क्यापिटलले आफ्नो खुलामुखी योजना ‘एनआइबीएल सहभागिता फन्ड’ को इकाई खरिद र बिक्री अनलाइनबाटै गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ । अब लगानीकर्ताले आफूलाई आवश्यक परेको समयमा घरबाटै खुलामुखी योजनाको इकाई किनबेच गर्न सक्नेछन् ।

इकाई खरिद र बिक्री दुवै गर्न सकिने गरी आइतबार (मंसिर १९ गते) देखि नै अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको क्यापिटलले सूचनामार्फत जानकारी गराएको छ । क्यापिटलले यसअघि नै अनलाइनबाट इकाई खरिद गर्न सकिने सुविधा विकास गरेको थियो । अब भने अनलाइनबाट इकाई बिक्री पनि गर्न सकिने भएको हो । 

Post Your Comment