Market Closed

एनआइसी एसियाले लिलामीमा ल्यायो नेसनल लाइफ इन्सुरेन्सको २५ हजार कित्ता सेयर

01 Mar,2021
  • Auction_10_10_2_1_21_2021_10_58_21_2_2_2021_10_03_57_2_24_2021_11_24_18.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्सको २५ हजार कित्ता संस्थापक सेयर सोमबार (फागुन १७ गते) देखि लिलामी खुला भएको छ । यसमा फागुन २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४९२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ ।
 
लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ । यस्तै, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली काठमाडौं तथा यसका विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था रहेको छ । 

Post Your Comment