Market Closed

एनआइसीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तकोे सेयर लिलामी भर्न आजमात्र अवसर

21 Apr,2021
  • Auction_10_10_2_11_29_2020_2_18_18_3_2_2021_9_35_08_4_15_2021_9_11_27_4_21_2021_12_34_10.jpg
नेपाली पैसा

काठमाडौं  : एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ९३ हजार ८०१ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ४३५ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
 

Post Your Comment