एनआइसीले मेरो माइक्रोफाइनान्सको सेयर फेरि ल्यायो लिलामीमा, भाउ कति ?

14 May,2021
  • Auction_8_1_3_15_2020_12_24_08_4_25_2021_8_58_37_5_6_2021_10_54_56_5_14_2021_9_29_26.jpg
नेपाली पैसा

काठमाडौं  : एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर आज (वैशाख ३१ गते) देखि लिलामी बिक्री खुला गरेको छ । यसअघि कैंयौपटक लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि बैंकले कम्पनीको बाँकी रहेको ६१ हजार २७८ कित्ता संस्थापक सेयर फेरि बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम ६२६ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । 
 
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ १४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
 

Post Your Comment